ad ad

समाज


बसको ठक्करबाट पाँच राँगा मरे, दुई घाइते

बसको ठक्करबाट पाँच राँगा मरे, दुई घाइते

नेपालखबर
भदौ १, २०८० शुक्रबार १७:१६, काठमाडौँ

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिकामा गएराति बसको ठक्करबाट पाँच राँगा मरेका छन्।

राप्ती सोनारी गाउँपालिका–८ नयाँगाउँ पुलनजिक गए राती करिब ८ः३० बजे नेपालगञ्जदेखि पोखरा जाँदै गरेको ना ६ ख  ६३७८ नम्बर बसको ठक्करबाट पाँच राँगाको मृत्यु भएको कोहलपुरस्थित इलाका प्रहरी कार्यालयका नायव प्रहरी उपरीक्षक सुन्दर तिवारीले बताए।

उनका अनुसार दुर्घटनामा अन्य दुई राँगा घाईते भएका छन् बस र बसचालकलाइ प्रहरीले नियन्त्रणमा लिएको छ।

राँगालाई ठक्कर दिएर सात किलोमिटर अगाडी पुगेको बसलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। 

घाईते राँगालाई किसानले घरमा लगेर अहिले पशु चिकित्सक बोलाएर उपचारको तयारी गरेका छन्  मरेका राँगाको क्षतिपूर्तिको लागि इलाका प्रहरी कार्यालयमा बसधनी र किसानबीच छलफल भइरहेको  स्थानीयवासी कबिन्द्र परियारले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .