ad ad

कोशी


बाढीमा बेपत्तापछि भेटिएको शव सुपर हेवा कम्पनीका सहायक चालकको

बाढीमा बेपत्तापछि भेटिएको शव सुपर हेवा कम्पनीका सहायक चालकको

हेवाखोला


नेपालखबर
असार १९, २०८० मंगलबार ६:५४, सङ्खुवासभा

सङ्खुवासभाको चैनपुर नगरपालिका–११  दुम्कट्टामा फेला परेको शवको पहिचान खुलेको छ। गत असार २ गते राति अविरल वर्षासँगै आएको बाढीले हेवा खोलामा बेपत्तामध्ये एकजनाको शव चैनपुर–११, दुम्कट्टामा फेला परेको थियो। यही असार १४ गते  दुम्कट्टामा फेला परेको बर्दियाका कालीराम थारू रेहको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए। थारू सुपर हेवा कम्पनीका सहायक चालक रहेको प्रहरीले जनाएको छ।

चालक थारूको शव सोमबार आफन्तले जिम्मा लिएपछि जिल्ला अस्पताल सङ्खुवासभामा शवप रीक्षण गरिएको छ। थारूको सोमबारै खाँदबारी नगरपालिका–९ स्थित मनकामनाघाटमा थारू परम्पराअनुसार अन्त्यष्टि गरिएको छ। बाढी पहिरामा परेर अन्य १९ जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ। 

बाढीपहिराका कारण जिल्लाका विभिन्न स्थानका २० घरपरिवार विस्थापित भएका छन्। बाढीपहिराबाट विस्थापित भएका २० घरपरिवारमध्ये १२ घर पूर्ण क्षति भएका छन्। चैनपुर नगरपालिका–४ र पाँचखपन नगरपालिका–९ मा गएको पहिराले खोला थुनिएपछि आएको बाढीले बगाउँदा ठूलो परिमाणमा भौतिक संरचनाको क्षति भएको हो। बाढीले तीनवटा पक्की पुलमा क्षति पुर्‍याको छ। बाढी भौतिक संरचना बगाउँदा करोडौँको क्षतिको भएको छ। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .