कोशी प्रदेशले सिमेन्ट उद्यागीसँग प्रतिबोरा १ रुपैयाँ शुल्क उठाउने भएको छ। आफ्नो प्रदेशमा रहेको सिमेन्ट उद्योगीसँग वातावरण तथा औद्योगीक व्यवस्थापन दस्तुरमाफर्त प्रतिबोरा (५०केजी)मा १ रुपैयाँ संकलन गर्ने बजेटमा उद्योग छ।
कोशी प्रदेशले आगामी आर्थिक वर्षको बजेट बिहीबार सार्वजनिक गरेको छ।
प्रदेशभित्र सिमेन्ट उत्पादन गर्ने उद्योगले उत्पादित सिमेन्ट उद्योगबाट निकासी गर्दा प्रतिबोरामा एक रुपैयाँको दरले र इँट्टा उद्योगहरूले उत्पादित ईंटामा प्रतिहजारवटाको १ सयका दरले वातावरण तथा औद्योगीकरण व्यवस्थापन दस्तुर लगाउने भएको हो।
यस अघि प्रदेशभित्र उत्पादन भएको सिमेण्टमा प्राकृतिक स्रोत उपयोगवापत प्रतिबोरा लगाइएको तिर्न बाँकी शुल्क २०८० पुस मसान्त सम्ममा प्रचलित दरका आधारमा एकमुष्ट ५० प्रतिशत बुझाएमा बाँकी शुल्क, जरिवाना र व्याज छुट दिइने व्यवस्था समेत भएको बजेटमा उल्लेख छ।
Shares

प्रतिक्रिया