कोशी


कोशी प्रदेशले ल्यायो ३६ अर्ब २४ करोड रुपैयाँको बजेट (पूर्णपाठ)

कोशी प्रदेशले ल्यायो ३६ अर्ब २४ करोड रुपैयाँको बजेट (पूर्णपाठ)

बजेट सार्वजनिकका क्रममा मुख्यमन्त्री हिक्मत कार्की। तस्बिर : मुख्यमन्त्रीको सचिवालय


नेपालखबर
जेठ ३२, २०८० बिहिबार १७:४३, काठमाडौँ

कोशी प्रदेशले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ।

आर्थिक मामिला मन्त्रालय समेत सम्हालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार अध्यदेशमार्फत ल्याएको कुल बजेट ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैयाँको छ।  

जसमा चालूतर्फ १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार र पुँजीगततर्फ १८ अर्ब २३ करोड ५२ लाख र वित्तीय व्यवस्थातर्फ १ करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरण ३ अर्ब ६० करोड २९ लाख ९२ हजार रहेको उनले बजेट भाषण मार्फत जानकारी गराए।

यसलाई खर्च व्यवस्था गर्ने स्रोतमा राजस्वतर्फ ४ अरेब ५७ करोड ७८ लाख ५० हजार संकलन गर्ने लक्ष्य राखेको छ।

त्यस्तै राजस्व बाँडफाँडबाट ११ अर्ब ६४ करोड ८१ लाख, समानीकरण अनुदानबाट ८ अर्ब ७८ करोड ३८ लाख, सशर्त अनुदान ५ अर्ब ८४ करोड ३२ लाख, समपुरक अनुदान ७३ करोड, विशेष अनुदान ७६ करोड र बाँकी अपुग रकममा बचतबाट ३ अर्ब ७५ करोड १ लाख र वैदेशिक अनुदानबाट १५ करोड ४ लाख ६० हजार जुटाउने उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .