ad ad

कोशी


कोशी सरकारले आज सय दिनका उपलब्धि सार्वजनिक गर्दै

सरकारले मुख्य उपलब्धि ठानेको ‘कोशी’ नामकरणकै कारण अशान्त छ प्रदेश
कोशी सरकारले आज सय दिनका उपलब्धि सार्वजनिक गर्दै

फाइल तस्बिर : मुख्यमन्त्री हिक्मतकुमार कार्की


ध्रुव भट्टराई
बैशाख ५, २०८० मंगलबार ८:३७, विराटनगर

कोशी प्रदेश सरकार बनेको आज १०० दिन पूरा भएको छ। साे अवसरमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज पत्रकार सम्मेलनमार्फत सरकारले अहिलेसम्म गरेका उपलब्धि  सार्वजनिक गर्दै छन्। 

नेकपा एमाले नेतृत्वको सरकारका मुख्यमन्त्री कार्कीले सरकारको मुख्य उपलब्धि प्रदेश नामकरणलाई ठानेको छ। तर पहिचानवादी पक्षले कोशी नाम खारेजीको माग गर्दै आन्दोलन गरिरहेको छ। जसका कारण कोशी प्रदेश अशान्त छ।

कोशी प्रदेश सरकारले १०० सय दिनमा आफूले गरेका मुख्य उपलब्धिलाई समेटेर सार्वजनिक गर्ने तयारी गरेको कार्कीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिएका छन्।

यता मुख्यमन्त्री कार्कीले चाहेजति गर्न नसके पनि यस अवधिमा सरकारले गति लिनेगरी केही महत्त्वपूर्ण काम भएको दाबी गरेका छन्। 

‘जति गर्न सकिन्थ्यो, त्यति गर्न त सकिएन, तर सरकारले गति लिन्छ। अगाडि बढ्छ र काम गर्न सक्छ भन्ने गरी केही काम भएका छन्, जसलाई म पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गर्छु’, मुख्यमन्त्री कार्कीले भने। 

कार्की कोशी प्रदेशको मुख्यमन्त्री गत पुस २५ गते बनेका हुन्। पुस २५ गते मुख्यमन्त्री कार्कीले तीन मन्त्री तिलकुमार मेन्याङ्बो, भक्ति सिटौला र निर्मला लिम्बू नियुक्ति गरे भने ५ दिनपछि तीन मन्त्री बुद्धिकुमार राजभण्डारी, दुर्गाप्रसाद चापागाईं र जीवन आचार्य थप भए। उनीहरुले पुस २९ गते जिम्मेवारी पाए। अझै आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयले अहिलेसम्म मन्त्री पाउन सकेको छैन। 

नयाँ सरकार र नयाँ संसद आएसँगै मन्त्रालय घटाएको र प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरुका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन पारित भएको छ। सरकारले गठन गरेको एक कार्यदलले प्रदेश सरकारको सेवा प्रवाह र विकास व्यवस्थापनको निम्ति स्थिति पत्र सार्वजनिक गरेको, प्रदेशको नामकरण गर्न सहजीकरण गरेको,कोशी प्रदेश समन्वय परिषद् गठनलगायत मुख्य उपलब्धि सार्वजनिक गर्न लागेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .