कोशी


मोरङको रमाइलो बहुमुखी क्याम्पसमा अनेरास्ववियु निर्वाचित

मोरङको रमाइलो बहुमुखी क्याम्पसमा अनेरास्ववियु निर्वाचित

नेपालखबर
चैत ५, २०७९ आइतबार २०:२८, विराटनगर

मोरङको कानेपोखरीमा रहेको रमाइलो बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियुले खाता खोलेको छ।

भर्खरै सम्पन्न मत गणना अनुसार अनेरास्ववियुकी मालती रेग्मीको प्यानल विजयी हुँदै मोरङमा अनेरास्ववियुले खाता खोल्न सफल भएको हो।

नेविसंघ र अनेरास्ववियु क्रान्तिकारीको गठबन्धनलाई हराउँदै रेग्मीको प्यानल विजयी भएको हो।

सचिवमा खगेन्द्र लुइँटेल र कोषाध्यक्षमा निर्मला दंगाल विजयी भएका छन्। त्यसैगरी सदस्यहरूमा अनेरास्ववियुका सुजता गिरी, लीलामणि श्रेष्ठ र सुजता धिमाल विजयी बनेका छन्।

समानुपातिकमा अनेरास्ववियुबाट ३ जना र गठबन्धनबाट नेविसंघका २ जना निर्वाचित भएको निर्वाचन समितिका संयोजक गंगा यादवले बताए। कुल १९६विद्यार्थी रहेकोमा मा १६२ मत खसेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .