कर्णाली


निर्वाचन अधिकारी सम्पर्कविहीन भएपछि सुर्खेत क्याम्पसको मतगणना अन्योल

निर्वाचन अधिकारी सम्पर्कविहीन भएपछि सुर्खेत क्याम्पसको मतगणना अन्योल

नेपालखबर
चैत ५, २०७९ आइतबार २०:३८, सुर्खेत

जिल्लाको वीरेन्द्रनगरमा रहेको सुर्खेत बहुमुखी क्याम्पसमा भएको स्ववियुको निर्वाचनको मतगणना अन्योलमा परेको छ। निर्वाचन अधिकृत ओमप्रकाश न्यौपाने सम्पर्कविहीन भएपछि मतगणना अन्योल भएको हो। 

त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस सुर्खेत बहुमुखी क्याम्पसमा अहिले तनाव सिर्जना भएको छ। 

बिहान ९ बजेबाट कडा सुरक्षाकाबीच मतदान प्रक्रिया सुरु भएको सुर्खेत बहुमुखी क्याम्पसमा १६८१ मत खसेको छ। 

अनेरास्ववियुका एक उम्मेदवारले निर्वाचन अधिकृत मोबाइल अफ गरेर गायब भएपछि क्याम्पसमा तनाव सिर्जना भएको जानकारी दिए।

उनले भने, ‘मतपेटिका सबै कलेक्सनले गरेर क्याम्पसको पुस्तकालयमा राखिएको छ। उम्मेदवारहरुको माग अहिले नै मतगणना हुनुपर्ने छ। तर, निर्वाचन अधिकृत मोबाइल अफ गरेर सम्पर्कविहीन छन्, फोन लाग्दैन।’

यस्तै, निर्वाचन अधिकृत न्यौपानेले स्ववियुको निर्वाचनको बारेमा जानकारी लिन खोज्दा दिउँसो भरी फोन उठेको थिएन।

कर्णालीका ९ क्याम्पसको नतिजा सार्वजनिक को कहाँ विजयी?
हालसम्म कर्णालीका आठ वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएको छ। 

जसमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले चार र नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले पाँच स्थानमा विजय प्राप्त गरेका छन्। 

अनेरास्ववियूको तर्फबाट सुर्खेतको सिम्ता बहुमुखी क्याम्पसमा घनश्याम रेग्मी, अमरदीप क्याम्पसमा अनुप ढकाल र भेरी क्याम्पस गुमीमा शक्ति पौडेल विजयी हुँदा हिमशिखर बहुमुखी क्याम्पसमा सिर्जना रसाइली निर्विरोध निर्वाचित भएकी छन्। 

यस्तै, नेविसंघका तर्फबाट दैलेखको चामुण्डा क्याम्पसमा सुनिल शाही, मुगुको रारा बहुमुखी क्याम्पसमा राज तामाङ्ग र कालिकोटको नन्दादेवी बहुमुखी क्याम्पसमा जुनिता विष्ट, डोल्पको डोल्पो क्याम्पस खिमबहादुर रोयका र सुर्खेतको गुर्भाकोट बहुमुखी क्याम्पसमा गोपाल खड्का स्ववियु सभापतिमा विजयी भएकी छन्। 

अन्य क्याम्पसहरुको नतिजा आउनेक्रम जारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad