कोशी


प्रदेश प्रहरी कार्यालयको पाँच तले भवन तयार

प्रदेश प्रहरी कार्यालयको पाँच तले भवन तयार

नेपालखबर
फागुन ११, २०७९ बिहिबार १५:३, विराटनगर

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको नयाँ भवन तयार भएको छ।

कार्यालयको हाताभित्र निर्माण गरिएको ५ तले कार्यालय भवनको एक कार्यक्रमबाबीच आज प्रदेश १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीले शिलालेख अनावरण गरी उद्घाटन गरेका छन्।

मुख्यमन्त्री कार्कीले भौतिक पूर्वाधारको अभाव र अपर्याप्तताले प्रहरी सेवाका कार्यहरुमा प्रत्यक्ष असर पर्ने बताउँदै सुविधासम्पन्न भवन प्राप्त भए सँगै नागरिक सेवामा बिगतका दिनहरु भन्दा प्रभावकारी ढंगले अगाडि बढ्न सकिने बताए।

उनले सुरक्षाकर्मी सुरक्षित भएमा मात्र आम नागरिकले सुरक्षाको प्रत्याभूति पाउने हुँदा सुरक्षाकर्मीको सुरक्षामा प्रदेश सरकार सदैव तत्पर रहेको समेत बताए।

कार्यक्रममा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले शान्ति सुरक्षा सबैको साझा जिम्मेवारी रहेको बताउँदै प्रदेश सरकारबाट प्रदेश प्रहरीलाई प्राप्त नयाँ भवनसँगै कार्यरत प्रहरी कर्मचारीहरुमा थप मनोवल उच्च हुनुका साथै प्रदेश प्रहरी कार्यालयबाट आम नागरिकमा प्रदान हुने सेवा समेत समयानुसार स्तरीय हुँदै जाने धारणा व्यक्त गरे।

उनले नयाँ भवनमा बस्ने प्रहरी कर्मचारहरुले जनमैत्री प्रहरी सेवा प्रदान गर्नेमा आफू विश्वस्त रहेको बताउँदै कानूनको परिधिमा रही जनचाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिए।  

प्रदेश १ प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्यामलाल ज्ञवालीका अनुसार प्रदेश १ सरकारको आन्तारिक मामिला तथा कानुन मन्त्रालयबाट प्राप्त १९ करोड १४ लाख ०१ हजार ६६३ रुपैयाँको लागतमा साना ठूला गरी ७५ वटा कोठा भएको ५ तले कार्यालय भवन तयार भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .