ad ad

कोशी


विराटनगरको मुख्य सडकमा पार्किङ हटाएपछि साना व्यवसायी विरोधमा

विराटनगरको मुख्य सडकमा पार्किङ हटाएपछि साना व्यवसायी विरोधमा

नेपालखबर
माघ १६, २०७९ सोमबार १४:४१, विराटनगर

विराटनगरका मुख्य सडकमा गरिने पार्किङ हटाएको विरुद्धमा साना तथा खुद्रा व्यापारीहरु आन्दोलनमा उत्रिएका छन्। उनीहरुले सोमबार आफ्नो पसलको सटर बन्द गराएर आन्दोलनमा उत्रिएका हुन्।

महानगरपालिकाले विकल्प नदिइ पार्किङ हटाएको भन्दै साना तथा खुद्रा व्यापारीहरुले महानगरको निर्णय विरुद्धमा आफ्ना व्यापार व्यवसाय बन्द गरी आन्दोलनमा उत्रिएका हुन्। 

महानगरपालिकाले विराटनगरका विभिन्न स्थानमा पार्किङको व्यवस्थापन गरेको छ। तर, ति पार्किङमा घण्टाको आधारमा पार्किङ शुल्क लिने गरेएको छ। अर्को स्थानमा गएर पार्किङ गर्दा पनि पुनः शुल्क लिने गरेको छ।

खुद्रा व्यापार संघ मोरङका अध्यक्ष सञ्जय मण्डलले अल्पकालिन ढंगले बनाइएका पार्किङमा पनि अनावश्यक शुल्क लिने गरिएको र व्यवस्थित समेत नभएकाले आन्दोलनमा उत्रिनु परेको बताए।

महानगरपालिकाका प्रमुख नागेश कोइरालालाई भेटेर विकल्प दिएर मात्रै पार्किङ हटाउन अनुरोध गर्ने नमानेको खण्डमा छलफलपछि आन्दोलनका कार्यक्रम गरिने मण्डलले बताए।

महानगरले पहिलो चरणमा जलजलाचौकदेखि अस्पताल चौकसम्मको सडकलाई पार्किङ निषेधित गरेको थियो। यसका लागि पुरानो जलजला हल उत्तरतर्फ र ग्रिनक्रस अस्पताल पछाडिको खाली जग्गालाई पार्किङस्थल घोषणा गरेको छ।

यसैगरी महानगरपालिकाले शनिमन्दिर–जलजलाचोक, शनिमन्दिरदेखि महावीर रोडसम्मको क्षेत्रलाई पनि पार्किङ निषेधित घोषणा गरेको छ। यसका लागि महावीर रोडमा चार कठ्ठा जग्गा पार्किङस्थलको रूपमा तोकेको छ।

अर्को पार्किङ निषेधित क्षेत्रको रुपमा महावीर रोडदेखि गुद्रीसम्मलाई विस्तार गर्ने योजना राखिएको छ। यसका लागि पुरानो गुद्री बजारको इप्लटलाई पार्किङस्थल तोकिएको छ।

यसैगरी हनुमान मन्दिरदेखि जलजला चौकसम्मको दुरीलाई समेत नो पार्किङ जोन घोषणा गरेर पुरानो गुद्रीको एप्लटलाई पार्किङस्थलको रुपमा प्रयोग गरिँदै आएको छ।

हनुमान मन्दिर–जलजला चौकसम्म केही वर्ष अगाडि नै नो पार्किङ जोन घोषणा गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .