कोशी


आलोचना सहन्छु, मेरो कारण कसैको शिर झुक्न दिने छैन– मन्त्री आचार्य

आलोचना सहन्छु, मेरो कारण कसैको शिर झुक्न दिने छैन– मन्त्री आचार्य

नेपालखबर
पुस ३०, २०७९ शनिबार २२:३४, काठमाडौँ

प्रदेश १ का नवनियुक्त मन्त्री जीवन आचार्यले राजनीतिलाई आफूले विसुद्ध जनताको सेवा गर्ने थलोको रुपमा लिएको बताएका छन्। मन्त्री नियुक्त भएसँगै सामाजिक सञ्जालमा चर्चाको पात्र बनेका आचार्यले उत्कृष्ट जनमत सहित् निर्वाचित भएसंगै सरकारमा सहभागी हुन पाएको उनले बताएका छन्।

प्रचण्डका ज्वाईंलाई मन्त्री बनाएको भन्दै पार्टीभित्र र बाहिरबाट चौतर्फी आलोचना बढिरहेका बेला आचार्यले ती आलोचनाप्रति आफ्नो सम्मान रहने बताएका छन्। 

‘स्वस्थ आलोचना प्रति मेरो सदैव सम्मान रहनेछ, म तपाईहरुलाई विश्वास दिलाउन चाहन्छु कि मेरो कारणले कसैको शिर झुक्ने छैन,’ आचार्यले सामाजिक सञ्जालमा लेखेका छन्।

साथै, उनले आफूलाई गफ गरेर समय बर्बादी गर्ने छुट नभएको भन्दै विकास र समृद्धिको यात्रा तय गर्नतवलए लाग्नपर्ने बताएका छन्। 

‘मलाई गफ गरेर समय बर्बादी गर्ने छुट छैन साथी, ०५२ सालमा जन्मेको बच्चा अब नेता हुने चरणमा छ तिनलाई मार्गनिर्देश गर्नुछ, ६२÷६३ को जनआन्दोलन ताका जन्मेको बच्चा अहिले यूवा छ, ति सबैका लागि सोच्नुछ, हामी संगै राजनीतिमा आकर्षित गराउनुछ, राजनीति केवल फोहोरी खेल होईन भन्ने बुझाउनुछ, सहिद बेपत्ता परिवारको सुखदुखमा सामेल हुनुछ, घाईतेको घाऊमा मल्हम लगाउनुछ र अन्ततः विकास र समृद्धि को यात्रा तय गर्नुछ।’

आफूले निर्वाचनताका भन्ने गरेको जस्तै राजनीति विसुद्धरुपमा जनताको सेवा गर्ने थलोको रुपमा लिइएको उनले बताएका छन्। ‘यसलाई पेशा र व्यापार बनाउन म चुनावमा होमिएको होईन, सॉसद केवल जागिर वा तलव खाने पद होईन।’ 

‘म एक अनुशासित यूवा हुँ र म मेरो जिम्मेवारी प्रति सचेत छु। स्वस्थ आलोचना प्रति मेरो सदैव सम्मान रहनेछ, म तपाईहरुलाई विश्वास दिलाउन चाहन्छु कि मेरो कारणले कसैको शिर झुक्ने छैन, म समग्र युवाहरुलाई प्रतिनिधित्व गरेर अगाडी बढ्दै गर्दा युवाहरुलाई निराश पार्नेछैन, म सधैं तपाईहरुसँगै थिएँ, छु र रहनेछु।’ आचार्यले भनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .