ad ad

कोशी


उदयपुरमा छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, महिला घाइते

उदयपुरमा छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, महिला घाइते

नेपालखबर
कात्तिक १०, २०७९ बिहिबार ६:८, उदयपुर

उदयपुर जिल्लाका दुई स्थानमा छुट्टाछुट्टै मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार मंगलबार राति नगरपालिका–१ स्थित श्रवनचोकमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक सोही स्थान बस्ने ३७ वर्षीय धनबहादुर तामाङको मृत्यु भएको छ।

बेलकाबाट सप्तरीतर्फ जाँदै गरेको प्रदेश१–०२–०४६प ४५३५ नंको मोटरसाइकलमा सवार तामाङ तीव्र गतिमा मोटरसाइकल चलाएका कारण अनियन्त्रित भई दुर्घटना हुँदा उपचारका लागि तत्काल सप्तरी कञ्चनपुरस्थित स्वास्थ्यचौकीमा लगेर उपचार गर्ने क्रममा मंगलबार राति नै तामाङको मृत्यु भएको कुरा जिल्ला प्रहरीले बताएको छ।

यस्तै मङ्गलबार राति नै जिल्लाको कटारी नगरपालिका–११ बेतिनी बजारबाट गहुँबारीतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा चालक सोही स्थान बस्ने २४ वर्षीय यम्बरबहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ। मोटरसाइकल पछाडि बस्ने २१ वर्षीया इन्दिरा कार्की घाइते भएको प्रहरीले बताएको छ।

लु८८प १८५६ नंको अनटेस्ट मोटरसाइकल चलाएर बेतिनीबाट गहुँबारी जाँदै गरेका श्रेष्ठ मङ्गलबार राति ८ बजे गहुँबारीमा मोटरसाइकलमा दुर्घटनामा पर्दा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय उदयपुरले बताएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .