मोरङमा एमाले र जसपासँग भएको चुनावी तालमेलमा क्षेत्र हेरफेर भएको छ ।
क्षेत्र बाँडफाँटमा हेरफेर हुदा मोरङको ५ नम्बर निर्वाचन क्षेत्र सबै जसपाले पाएको छ ।
त्यहाँ संघ र प्रदेश सबैमा जसपाका उमेदवारलाई एमालेले सघाउनेछ। यसअघि मोरङ ५, ५ ख ४ ख र ६ ख जसपालाई दिने सहमति भएको थियो।
केन्द्रमा भएको सहमतिको विरुद्धमा एमाले मोरङमा चरम असन्तुष्टि भएपछि एमाले नेता गुरु बराल क्षेत्र हेरफेर गर्न काठमाडौं गएका थिए ।
उम्मेदवारी फाइनल भएर भोट माग्दै हिँडेका मोरङ ६ खबाट उमेदवार बन्न चाहेका पर्शुराम बस्नेत र ४ ख मा जीवन घिमिरेको तालमेलका कारण टिकट खोसिएपछि असन्तुष्टि भएको थियो ।
हेरफेरपछि दुवैले टिकट पाएको एमाले नेता गुरु बरालले बताए।
असोज २३, २०७९, आइतबार
प्रतिक्रिया