कोशी


इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

प्रतिकात्मक तस्बिर


नेपालखबर
असोज १९, २०७९ बुधबार १७:२२, तेह्रथुम

इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लाग्दा तेह्रथुममा आज एक युवकको मृत्यु भएको छ।

करेन्ट लागेर आठराई गाउँपालिका–४ इवाका २४ वर्षीय निलम इङनामको मृत्यु भएको इलाका प्रहरी कार्यालय सङ्क्रान्ति बजारका प्रहरी निरीक्षक योगराज सुवेदीले जानकारी दिए। उनको घटनास्थलमै मृत्यु भएको हो।

इन्टरनेट जडानका लागि विद्युतीय पोलमा चढ्दा इङनामलाई करेन्ट लागेको प्रहरीले जनाएको छ। परीक्षणका लागि शव जिल्ला अस्पताल लगिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad