कर्णाली


सरकारको आयु लामो छैन, तर बदल्न खोजेको भन्ने बुझाइ सही होइन : प्रचण्ड

सरकारको आयु लामो छैन, तर बदल्न खोजेको भन्ने बुझाइ सही होइन : प्रचण्ड

नेपालखबर
माघ १०, २०८१ बिहिबार १२:१५, सुर्खेत

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा जानेबारे आफ्नो पार्टीको कुनै रुचि नभएको बताएका छन्। 

बिहीबार सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले नीतिगत रुपमा हेर्दा यो सरकारको आयु लामो नभए पनि आफूहरुले सरकार बदल्न खोजेको भन्ने बुझाइ चाहिँ सही नभएको दाबी गरे।

यो सरकार बन्नेबेलादेखि नै आफ्नो पार्टीले भन्दै आएजस्तो सरकार भ्रष्टाचारीलाई बचाउने र बिचौलियालाई पोस्ने काममा लिप्त रहेको आरोप लगाउँदै प्रचण्डले यति हुँदा पनि आफूहरू सरकार ढाल्ने प्रक्रियामा नरहेको टिप्पणी गरे। 

सरकारले संसद् अधिवेशन आह्वान गर्नुको सट्टा अध्यादेशमा बल गरेपछि विपक्षी दलहरुले विशेष अधिवेशनको माग गर्ने तयारी गरेको र सरकारले बाध्य भएर संसद् आह्वान गरेको टिप्पणी गरे।

अब विपक्षी दलहरुले संसद्मा जनताका एजेन्डा प्रभावकारीरुपमा र आवश्यक कानुन निर्माणमा जोड दिने जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad