ad ad

कर्णाली


कर्णालीको बजेट घट्ने

कर्णालीको बजेट घट्ने

नेपालखबर
असार १, २०८१ शनिबार १३:३७, सुर्खेत

कर्णाली प्रदेश सरकारले पनि शनिबार आगामी वर्ष २०८१/०८२ को बजेट प्रदेश सभामा प्रस्तुत गर्दै छ। 

दिउँसो ३ बजे बस्ने कर्णाली प्रदेशसभाको बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिने भएको हो। 

आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले प्रदेश सभामा प्रस्तुत गर्ने आगामी वर्षको बजेट चालु आर्थिक वर्षको भन्दा घटेर आउने भएको छ। 

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि प्रदेश सरकारले ३० देखि ३२ अर्बको बीचमा बजेट ल्याउने छ। 

मन्त्रालय गत बजेटको सिलिङ घटाइएकाले बजेट पनि घटेर आउने आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोत बताउँछ।

चालु आर्थिक वर्ष २०८०/०८१ म प्रदेश सरकारले ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजारको बजेट ल्याएको थियो। 

प्रदेश सरकारले आगामी वर्षको बजेटबाट कार्यान्वयन हुनेगरी कर्णालीको पूर्वाधार विकासलाई प्राथमिकता साथ अगाडि बढाउने नीति तथा कार्यक्रम पास गरिसकेको छ। आगामी आर्थिक वर्षमा प्रदेशको सडक पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ। 

त्यस्तै कर्णालीको स्वास्थ्य सेवा सुधार, कृषि तथा पर्यटन पूर्वाधार निर्माणलाई सरकारले प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम तय गरेको छ। 

प्रदेश सरकारले आगामी आर्थिक वर्षबाट स्रोत सुनिश्चित भएका, सम्भाव्यता अध्ययनन भएका तथा उत्पादन र उत्पादकत्व नबढाउने आयोजना अगाडि नबढाउने, भूकम्प प्रभावित जिल्लामा भौतिक संरचना निर्माण गर्ने नीति लिएको छ। 

यस्तै, कर्णालीमा आयोना हुने १०औँ राष्ट्रिय खेलकुद तोकिएकै मितिमा सम्पन्न गर्न खेल पूर्वाधार तथा खेलकुद गतिविधि बढाउने गरी आवश्यक बजेटको प्रबन्ध प्रदेश सरकारले गर्ने छ।

यस योजनालाई सफल पार्न कर्णाली सरकारले करिब १ अर्बको मात्रै बजेट छुट्टाउने अनुमान गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .