कर्णाली


यू-१९ महिला राष्ट्रिय क्रिकेटको उपाधि मधेसलाई

यू-१९ महिला राष्ट्रिय क्रिकेटको उपाधि मधेसलाई

नेपालखबर
असार १, २०८३ सोमबार १४:७, सुर्खेत

यू-१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेशले जितेको छ। सोमबार वीरेन्द्रनरको कालुनचोक क्रिकेट मैदानमा भएको अन्तिम खेलमा सुदूरपश्चिम प्रदेशलाई सुपर ओभरमा हराउँदै मधेसले उपाधि हात पारेको हो। 

सुपर ओभरमा सुदूरपश्चिमले मधेस प्रदेशलाई १६ रनको लक्ष्य दिएको थियो। सुपर ओभरमा जयन्ती भण्डारीले ४ बलमा १० र करुना विष्टले १ बलमा २ रन बनाइन्। 

मधेसका लागि साना प्रभिनले ५ बलमा ३ चौकाको मधतमा १५ रन बनाइन् भने प्रतिमा शाहले १ रन थपिन्। सुदूरपश्चिमले २ र मधेस १ अतिरिक्त रन पाएको थियो। 

पहिला ब्याटिङ गरेको मधेस प्रदेशले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १२९ रन बनाउँदै १३० रनको दिएको थियो। सुदूरपश्चिमले २० ओभरमा ७ विकेट गुमाउँदै बराबरी रन बनाएपछि खेल सुपर ओभरमा प्रवेश गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad