सल्यानमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। शुक्रबार दिउँसो सल्यानको दार्मा गाउँपालिका–२ भुसखोलास्थित भित्री सडक खण्डमा फारुल्लाचौरदेखि भुसखोलातर्फ जाँदै गरेको रा १ त ४४९५ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार दुर्घटनामा परी ट्याक्टर चालक दार्मा गाउँपालिका–२ का १७ वर्षीय प्रदीप विकको मृत्यु भएको छ।
ट्रयाक्टर सडकबाट करिब १५ मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनमा घाइते भएका चालक प्रदीपलाई तत्काल उद्धार गरेर उपचारका लागि थुम्के सल्ली स्वास्थ्य चौकी लगिएको थियो। स्वास्थ्य चौकीले दिउँसो १ बजेको समयमा मृत घोषणा प्रहरीले जनाएको छ।
यस्तै, दुर्घटनामा परी दार्मा गाउँपालिका–२ भुसखोलाका १७ वर्षीय टेकबहादुर विक र २२ वर्षीय विशाल विक घाइते भएका छन्।
उनीहरूको शरीरका विभिन्न भागमा सामान्य चोट लागेको र सोही स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।
Shares

प्रतिक्रिया