कर्णाली


जाजरकोट आगलागी: काठमाडौँमा उपचाररत महिलाको मृत्यु

जाजरकोट आगलागी: काठमाडौँमा उपचाररत महिलाको मृत्यु

नेपालखबर
बैशाख ८, २०८३ मंगलबार १४:१८, काँक्रेविहार (सुर्खेत)

जाजरकोटको नलगाड नगरपालिका-२ छेप्कामा भएको आगलागीमा घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।

गत चैत २९ गते आइतबार बिहान ग्यास सिलिन्डर लिक भई स्थानीय ठालुप्रसाद जैसीको घरमा आगलागी हुँदा घाइते भएकी उनकी पत्नी ४२ वर्षीया माया जैशीको उपचारका क्रममा आज बिहान काठमाडौँमा मृत्यु भएको हो। 

मायाको मृत्यु काठमाडौँस्थित कीर्तिपुर जलन अस्पतालमा भएको जाजरकोट जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एक्कबहादुर नेपालीले जानकारी दिए।

आगलागीमा परी घाइते भएका अन्य दुई जना रुपा जैशी र ठालुप्रसादका छोरा गणेश गौतमको भने काठमाडौँमै उपचार जारी छ।

घाइते उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी सुरुमा नेपालगन्ज पुर्‍याइएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँमा लगिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad