कर्णाली


कर्णालीको सभ्यता र समृद्धि जोगाउने पार्टी रास्वपा: बालेन

कर्णालीको सभ्यता र समृद्धि जोगाउने पार्टी रास्वपा: बालेन

नेपालखबर
फागुन ७, २०८२ बिहिबार १५:४७, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन साह (बालेन्द्र)ले कर्णालीको सभ्यता, सम्भावना र समृद्धिलाई जोगाउने पार्टी रास्वपा भएको बताएका छन्। 

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा भएको पार्टीको परिर्वतन उद्घोष सभालाई सम्बोधन गर्दै नेता बालेनले कर्णाली देशको प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण क्षेत्र भएको उल्लेख गरे। 

‘देशको सबैभन्दा ठूलो ताल रारा ताल, सबैभन्दा लामो नदी कर्णाली नदी, सबैभन्दा ठूलो जिल्ला डोल्पा र ठूलो स्थानीय तह कर्णालीमै छ’, साहले भने, ‘कर्णालीको गहिराइ आजसम्म कसैले सही रूपमा बुझ्न सकेनन् त्यो गहिराइ बुझ्ने पार्टी रास्वपा हो।’

उनले डोल्पामा पाइने बहुमूल्य यार्सागुम्बा विश्वबजारसम्म पुग्न सक्ने तर कर्णालीका स्याउ जस्ता कृषि उत्पादन देशभर सहजै नपुग्नु विडम्बना भएको बताए। 

साथै उनले सिन्जा उपत्यकालाई नेपाली भाषा र खस सभ्यताको उद्गमस्थलका रूपमा उल्लेख गर्दै त्यहाँको भाषा, लिपि, कला, संस्कृति, नाचगान र जात्राको संरक्षण गर्ने जनाएको छ। 

भावी प्रधानमन्त्रीका प्रस्तावित उम्मेदवार समेत रहेका साहले कर्णालीमा अझै भोकमरी, बाल मृत्युदर र मातृ मृत्युदर उच्च रहेको बताए।

‘गरिबीलाई भोग्ने जनता धेरै छन्, तर त्यसलाई सही रूपमा बुझ्ने नेतृत्वको अभाव छ,’ उनले भने, ‘त्यो पीडा बुझ्ने र समाधान खोज्ने नेतृत्व रास्वपाले दिन चाहन्छ।’

साथै उनले ‘कर्णालीका जनताको सपना अब हाम्रो सपना हो’ भन्दै रास्वपाले कर्णालीबाटै परिवर्तनको यात्रा सुरु गरेको दाबी पनि गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad