कर्णाली


सल्यानमा जिप भिरबाट खस्दा चालककाे मृत्यु, ३ जना घाइते

सल्यानमा जिप भिरबाट खस्दा चालककाे मृत्यु, ३ जना घाइते

जिप खसेको स्थान।


दिनेश बुढा
माघ २८, २०८२ बुधबार ८:२०, सुर्खेत

सल्यानमा डबल क्याब बोलेरो जिप दुर्घटना हुँदा चालककाे मृत्यु भएको छ।

जिपमा सवार अन्य तीन जना घाइते भएका छन्।

रुकुमपूर्वको सिस्ने गाउँपालिकाबाट दाङका लागि छुटेको ग १ ज ५६६१ नम्बरको बोलेरो बुधबार बिहान करिब ५ बजे सल्यानकाे कपुरकोट गाउँपालिका-३ चोरखोलामा दुर्घटनामा परेकाे हाे।

जिल्ला प्रहरी कार्यालय सल्यानमा अनुसार दुर्घटनामा चालक रुकुमपूर्व सिस्ने गाउँपालिका-४ का ३४ वर्षीय विजय विश्वकर्माको मृत्यु भएको हो। 

दुर्घटनामा घाइते भएका तीन जनालाई उद्धार गरी कपुरकोट गाउँपालिकाको आधारभूत अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि तुलसीपुर पठाइएको प्रहरीले जनाएको छ।

जिप सडकबाट करिब २ सय मिटर तल खसेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad