कर्णाली


आगलागीका कारण चौथो तलामा बेहोस ७० वर्षीया वृद्धालाई भित्ता फोरेर उद्धार गरियो

आगलागीका कारण चौथो तलामा बेहोस ७० वर्षीया वृद्धालाई भित्ता फोरेर उद्धार गरियो

सुर्खेतको वीरेन्द्रनगरस्थित भवनमा सोमबार साँझ भएको आगलागी।


नेपालखबर
माघ ६, २०८२ मंगलबार ५:५६, सुर्खेत

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-३ मङ्गलगढी चोकनजिक रहेको मानिकेज ऊर्जा पसलमा भएको आगलागीमा परी निसासिएकी वृद्ध महिलाको उद्धार गरिएको छ।

सोमबार साँझ आगलागीले जलिरहेको घरबाट ७० वर्षीया तुलसी भुसालको उद्धार गरिएको हो।

नेपाली सेनाका उपसेनानी मनोज कुँवर र नेपाल प्रहरीका प्रहरी निरीक्षक राजन भट्टराईको टोलीले भवनको भित्ता फोरेर चौथो तलाबाट बेहोस अवस्थामा रहेकी वृद्धाको उद्धार गरेको राजदल गण विमानस्थल सुर्खेतका प्रमुख सेनानी भद्रबहादुर सिंहले जानकारी दिए।

उनलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा लगिएको छ भने अहिले अवस्थामा सामान्य रहेको सिंहले बताए।

प्रमुख सेनानी सिंहले बिजुलीको काम गर्ने क्रममा विद्युत् ‘सर्ट’ भएर आगो लागेको जानकारी दिए। 

पसलभित्र रबर, टायर र छिटो आगो सल्किने वस्तु रहेकाले नियन्त्रणमा कठिनाइ भएको उनले बताए।

उनका अनुसार आगो नियन्त्रणमा लिन पाँच घण्टा लागेको थियो।

आगो नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक श्यामप्रकाश यादवको नेतृत्वमा ७१, राजदल गण एयरपोर्टबाट प्रमुख सेनानी भद्रबहादुर सिंहको नेतृत्वमा ५०, सशस्त्र प्रहरी बल नेपाल नं ३२ गण हेडक्वाटर रक्तकाली गण सुर्खेतबाट सहायक प्रहरी निरीक्षक रामबहादुर खत्रीको नेतृत्वमा २१ जना खटिएका थिए भने आयल निगाम सुर्खेतको दमकल र डिभिजन वन कार्यालय सुर्खेतको ट्याङकरसहित स्थानीयको सहयोग थियो। 

आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन गर्ने तथा आगलागीको थप कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढाथापाले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad