सुर्खेत वीरेन्द्रनगरको फोरलेन सडकमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते वृद्धाको उपचारको क्रममा मृत्यु भएको छ।
वीरेन्द्रनगर नगरपालिका-१२ पिपिरा चौकबाट धुलियाबिटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२-००२ प ३२७१ नम्बरको मोटरसाइकलले मंगलबार बेलुका पैदलयात्री ७० वर्षीय लक्ष्मी लामिछानेलाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते लामिछानेलाई उपचारका लागि प्रदेश अस्पताल कालागाउँ सुर्खेत लगिएको थियो। उनको गएराति उपचारकै क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक लेखवेशी नगरपालिका-३ का २९ वर्षीय हर्कबहादुर बस्नेत घाइते भएका छन्। उनको हाल प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ।
78
Shares

प्रतिक्रिया