कर्णाली


भेरीगङ्गामा बाघको आक्रमणबाट महिलाको मृत्यु

भेरीगङ्गामा बाघको आक्रमणबाट महिलाको मृत्यु

नेपालखबर
पुस २३, २०८२ बुधबार २१:२२, काठमाडौँ

बाघको आक्रमणबाट सुर्खेत भेरीगङ्गा नगरपालिका निवासी एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा भेरीगङ्गा नगरपालिका–५ सुर्खेत गेरवानी निवासी ५७ वर्षीय गङ्गा सारु रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुधीरराज शाहीले जानकारी दिए। 

मृतक सारुका श्रीमान नरबहादुर सारुका अनुसार गङ्गा सारु मङ्गलबार बिहान ८ बजे कसैलाई घरबाट जानकारी नदिइ बाहिर निस्केकी थिइन्।

आज बिहान ९ बजेको समयमा सारुको दुई नातिनीले घरदेखि १०० मिटर उत्तर सालघारीमा बाख्रालाई घाँस काट्न गएको अवस्थामा सारुले लगाएका कपडा चप्पलसहित सोही स्थानमा रगत देखेको र करिब ६०० मिटर पूर्वतर्फ महिलाको टाउको भेटिएको भनी १०ः३० बजे अस्थायी प्रहरी पोष्ट बबई सुर्खेतमा जानकारी गराएका थिए। 

उक्त जानकारीपश्चात् प्रहरी, नेपाली सेनाको टोली, वनका कर्मचारी र स्थानीय जनप्रतिनिधिसहितको २०र२५ जनाको टोली खटिएको थियो। 

खोजतलासका क्रममा महिलाको टाउको फेला परेको स्थानबाट करिब ३०० मिटर पश्चिमतर्फ महिलाको शरीरका अन्य भाग फेला परेको प्रहरी उपरीक्षक शाहीले बताए। उनका अनुसार बाघले महिलाको बायाँ खुट्टा, हात र कम्मरको भागको मासु पूर्ण रूपमा खाएको अवस्थामा शरीर फेला परेको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad