कर्णाली


एमाले कर्णाली प्रदेश कमिटी उपसचिवमा जाजरकोटकी कौशिला खत्री मनोनीत

एमाले कर्णाली प्रदेश कमिटी उपसचिवमा जाजरकोटकी कौशिला खत्री मनोनीत

नेपालखबर
पुस २३, २०८२ बुधबार १९:३९, सुर्खेत

नेकपा एमाले कर्णाली प्रदेश कमिटी उपसचिवमा जाजरकोटकी कौशीला खत्रीलाई मनोनीत गरेको छ।

बुधबार बसेको कर्णाली प्रदेश कमिटीको सातौँ पूर्ण बैठकले खत्रीलाई उपसचिवमा मनोनीत गरेको हो। 

प्रदेश कमिटी सदस्य रहेकी खत्रीलाई उपसचिवमा मनोनीत गरिएको एमाले कर्णालीले जनाएको छ। 

यसअघि उपसचिव रहेकी सुर्खेतकी पद्मा खड्का केन्द्रीय सदस्यमा निर्वाचित भएपछि उक्त पद रिक्त थियो।

२०८० को असोजमा भएको कर्णाली प्रदेशको पहिलो अधिवेशनबाट खड्का उप–सचिव पदमा महिलाबाट निर्वाचित भएकी थिइन्।

यस्तै, उपसचिव पदमा अन्य दुई जना पुरुषहरू पनि निर्वाचित भएका थिए। पहिला निर्वाचन कमिटीले दुवै जना उपसचिवमा पुरुषलाई नै घोषणा गनेपछि केही समय एमाले कर्णाली प्रदेश कमिटीको उपसचिव पद विवादमा परेको थियो।

त्यसपछि महिलातर्फ उपसचिव उम्मेदवारमा बनेर सबैभन्दा बढी मत प्राप्त गरेकी खड्काले विद्रोह गरेपछि सातै प्रदेशमा एमालेको पदाधिकारीमा एक उपसचिव पद महिला अर्थात् समावेशी स्थापित भएको थियो। 

यस्तै, प्रदेश कमिटी बैठकले जिल्लाहरुबाट आएका प्रतिनिधिसभा सदस्य उम्मेदवारहरुको नाम केन्द्रमा पठाउने निर्णय गरेको छ।

साथै, हालै सम्पन्न एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित सचिव तथा केन्द्रीय सदस्यहरूलाई बधाई ज्ञापन गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad