कर्णाली


सुर्खेत ट्राफिक प्रहरीको एक्सनः ध्वनी प्रदूषण गर्ने ३१ वटा मोटरसाइकल नियन्त्रणमा

सुर्खेत ट्राफिक प्रहरीको एक्सनः ध्वनी प्रदूषण गर्ने ३१ वटा मोटरसाइकल नियन्त्रणमा

नेपालखबर
पुस २३, २०८२ बुधबार १९:२३, सुर्खेत

जिल्ला ट्राफिक प्रहरी कार्यालय, सुर्खेत एक्सनमा उत्रिएको छ। पार्टपुर्जाहरू फेरेर स्वरुप परिवर्तन तथा ध्वनी प्रदूषण गर्ने मोटरसाइकलहरू नियन्त्रणमा लिएको हो। 

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख इन्स्पेक्टर रोहितकुमार शाहीले पार्टपूर्जाहरू फेरेर स्वरुप परिवर्तन तथा ध्वनी प्रदूषण गरी समाजमा शान्ति सु–व्यवस्थामा खलल पार्ने ३१ वटा मोटरसाइकलहरूलाई नियन्त्रणमा लिइएको जानकारी दिए। 

शाहीकाअनुसार विभिन्न मितिमा सुर्खेत उपत्यकाका विभिन्न स्थानहरुबाट मोटरसाइकल नियन्त्रणमा लिइएको हो।

पछिल्लो समय मोटरसाइकलको साइलेन्सर पाईप र अन्य पार्टका भागहरुको स्वरूप परिवर्तन गरेर पड्काउदै हिड्ने, ध्वनि प्रदूषण गर्ने र समाजमा हो–हल्ला गर्ने गरेको अत्याधिक जनगुनासो बढेपछि ट्राफिक प्रहरी एक्सनमा उत्रिनु परेको प्रहरीले बताएको छ।

नियन्त्रणमा लिएका मोटरसाइकलहरू थप कारबाही प्रक्रियाको लागि यातायात व्यवस्थापन कार्यालय सुर्खेत पठाइएको छ। 

साथै, यदी कसैले ध्वनी प्रदूषण गर्ने गरी सवारी साधन चलाएको वा स्वरूप परिवर्तन गरेको देखेमा जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको १०३ वा ०८३५२५४९६, ९७४९२९१७९१ मा टेलिफोन गरी जानकारी गराउन अनुरोध समेत गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad