कर्णाली


सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी निर्माण हुने

सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी निर्माण हुने

नेपालखबर
पुस ११, २०८२ शुक्रबार १५:७, सुर्खेत

सुर्खेत विमानस्थल परिसरभित्र मानवीय सहायता तथा विपद् उद्धार पोखरी निर्माण हुने भएको छ। कर्णाली प्रदेश सरकारले नेपाली सेनाको सहकार्यमा उक्त पोखरी निर्माण गर्न लागेको हो। 

सुर्खेत विमानस्थलस्थित पश्चिम पृतना सुर्खेत विमानस्थल एयरबेशको हाताभित्र निर्माण हुने उक्त पोखरीबाट आगलागीका घटनामा हेलिकप्टरमार्फत पानी भरेर जंगलको डढेलो वा अन्य आगलागीका घटना नियन्त्रण गर्न उपयोगी हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका विपद् महाशाखा प्रमुख उपसचिव उत्तम गौतमले जानकारी दिए। 

उनकाअनुसार उक्त प्रविधिलाई बम्बी बकेट भनिन्छ यसको अर्थ  हेलिकप्टरमा झुण्ड्याइने विशेष बाल्टिन हो, जसले पोखरी वा तालबाट पानी भरेर जंगलको डढेलो वा अन्य आगलागीमा खसालिन्छ। 

उपसचिव गौतमले उक्त पोखरी अधिकतम ९७ फिट लामो  र १३ फिट  गहिरो हुने बताए। नेपाली सेनाको प्राविधिक सहयोग रहने उक्त पोखरीको लागत ९९ लाख ९६ हजार दुई सय रहने उपसचिव गौतमले जानकारी दिए। विमानस्थलभित्र मानवीय सहायताका हिसावले उक्त पोखरी नेपालकै पहिलो हुने बताउँदै उनले पोखरी निर्माण पश्चात प्रदेश सरकारले नेपाली सेनालाई हस्तान्तरण गर्ने बताए।

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले उक्त पोखरी निर्माणको शुक्रबार शुभारम्भ गरेका छन्। शुभारम्भ कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले विपदका घटना अकस्मात हुने हुँदा पूर्व तयारीका लागि पोखरी उपयोगी हुने बताए। 

उनले बढ्दो शहरीकरणका कारण आगजनीका घटना दिनप्रतिदिन बढी रहेकोले हेलिकप्टर सहित दमकलबाट समेत अग्नी नियन्त्रणमा उक्त पोखरी निर्माणले सहज हुने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad