कर्णाली प्रदेश सरकारका पूर्वसामाजिक विकासमन्त्री यज्ञबहादुर बिसीको निधन भएको छ।
मिर्गौला रोगबाट पीडित बिसीको ७१ वर्षको उमेरमा आइतबार निधन भएको हो।
नेपाली कांग्रेसमा लामो समय राजनीति गरेको बिसी २०७४ सालको प्रदेशसभा निर्वाचनमा समानुपातिक कोटाबाट कर्णाली प्रदेशका सांसद थिए।
सोही समयमा कर्णाली प्रदेशको सामाजिक विकासमन्त्री भएका थिए।
उनको उपचारको क्रममा कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
66
Shares

प्रतिक्रिया