कारोबार


करिब १३ अर्ब लागतको ६१ मेगावाटको नारखोलामा जुट्यो लगानी

करिब १३ अर्ब लागतको ६१ मेगावाटको नारखोलामा जुट्यो लगानी

नेपालखबर
मंसिर १५, २०८२ सोमबार १८:९, काठमाडौँ

कुमारी बैंकको अगुवाइमा सिंगटी हाइड्रोेको मुख्य लगानी हुने गरी मनाङमा ६१.११ मोगावाटको नार खोला जलविद्युत आयोजना निर्माणका लागि वित्तिय ऋण लगानीसम्झौता सम्पन्न भएको छ। 

सोमबार आयोजित एक कार्यक्रममा नार खोला हाइड्रो इनर्जी प्रा.लि.का अध्यक्ष बटु लामिछाने र कुमारी बैंकका प्रमुख क्षेत्रीय कर्जा अधिकृत अर्पण पोखरेलले संयुक्त रुपमा हस्ताक्षर गर्दै वित्तिय व्यवस्थापन टुंग्याएका हुन्।  

मनाङस्थित नार्पा भूमि र नासोँ गाउँपालिकामा रहेको नार खोला र सोती खोलाको पानीलाई एकिकृत गरि ६१.११ मेगावाटको जलविद्युत आयोजना निर्माण प्रकृया अघि बढाइएको हो। आयोजनाको प्रवद्र्धक कम्पनी नार खोला हाइड्रो इनर्जी प्रा.लि.ले आयोजना निर्माणका लागि सबै प्रकृया पूरा भएको जनाएको छ।

नेपाल विद्युत प्राधिकरणसँग यस अघि नै विद्युत खरिद सम्झौता (पीपीए) भैसकेको उक्त आयोजना, कुमारी बैंकको अगुवाई तथा नेपाल एसबिआई बैंकको सह–अगुवाईमा कृषि विकास बैंक, एन आइ सी एसिया बैंक र मुक्तिनाथ विकास बैंक सदस्य बैंकको रुपमा लगानी गर्ने गरी वित्तिय व्यवस्थापन टुङ्गिएर सोमबार हस्ताक्षर भएको हो।  

नार खोला जलविद्युत आयोजनाको ग्रेस हेड ५८८.८२ मिटर रहने र वार्षिक ३६६.४८ गिगावाट विद्युत उत्पादन हुनेछ। आयोजनाको हेडरेस टनेल लगभग ८ किलोमिटर रहेको छ। आयोजनाको बाँध तथा हेडवर्कका संरचनाहरु नार्पा भूमि गाउँपालिकामा हुने, उक्त बाँधस्थलबाट नार्पा भुमि र नासोँ गाउँपालिका हुँदै आएको सुरुङमार्ग मार्फत पेनस्टक पाईपको प्रयोग गरि नासोँ गाउँपालिकामा रहको विद्युत गृहमा पानी पठाई बिजुली उत्पादन गरिने छ। आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको मनाङ्गस्थित निर्माणाधीन धारापानी सवस्टेशनमा जोडिनेछ। 

कुल लागत १२ अर्ब ८४ करोड रहेको यस आयोजनामा बैंकको कर्जा ९ अर्ब ६३ करोड र स्वपुँजी ३ अर्ब २१ करोड रहेको छ, जसमध्ये सिंगटी हाइड्रो इनर्जी लिमिटेडको मुख्य लगानी रहने कम्पनीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad