कर्णालीका औषधि व्यवसायीहरू आन्दोलित भएका छन्। औषधि ऐन २०३५ को दफा ११ का केही उपदफाहरू संशोधनको माग गर्दै नेपाल औषधी व्यवसायी संघ, नेपाल आयुर्वेद औषधि व्यवसायी संघ र नेपाल पशुपंछी औषधि व्यवसायीले संयुक्त रूपमा आन्दोलनको घोषणा गरेका हुन्।
गएको साउन १४ गते संघीय सरकारले ल्याएको ऐनको ९ गतेसम्म ऐन संशोधनको माग राखेको थिए। तर, औषधि व्यवस्था विभागले माग पूरा नगरेपछि आन्दोलनको घोषणा गरेको कर्णाली प्रदेश संघर्ष समितिका अध्यक्ष प्रेमबहादुर भण्डारीले जानकारी दिए।
उनका अनुसार संघर्षका कार्यक्रमहरू अन्तरगत मङ्सिर ११ मंङ्सिर औषधि व्यवस्था विभागको प्राङ्गणमा मौन धर्ना कार्यक्रम गर्ने, १२ गते औषधि व्यवस्था विभागको प्राङ्गणमा व्यानर सहित मौन धर्ना कार्यक्रम गर्ने, १३ गते आ–आफ्नो कार्यस्थलमा कालो झन्डा र व्यवसायीले कालो पट्टी बाँधेर सेवा प्रदान गर्ने, १४ गते औषधी व्यवस्था विभागको प्राङ्गणमा मौन धर्ना गर्ने साथै आ–आफ्नो कार्यस्थलमा सेवा बन्द गरी सांकेतिक धर्ना दिने कार्यक्रम तय गरिएको छ।
त्यस्तै १५ गते औषधि व्यवस्था विभागको प्राङ्गणमा मौन धर्ना गर्ने साथै आ–आफ्नो कार्यस्थलमा सेवा बन्द गरी सांकेतिक धर्ना दिने र १६ गते औषधि व्यवस्था विभागको प्राङ्गणमा मौन धर्ना गर्ने साथै आ–आफ्नो कार्यस्थलमा सेवा बन्द सांकेतिक धर्ना दिने घोषणा गरिएको छ।
Shares

प्रतिक्रिया