कर्णाली


हिरासतमा थुनुवा मृत्यु प्रकरणः ५ सदस्यीय छानबिन समिति गठन

हिरासतमा थुनुवा मृत्यु प्रकरणः ५ सदस्यीय छानबिन समिति गठन

नेपालखबर
कात्तिक २१, २०८२ शुक्रबार २०:२९, सुर्खेत

जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासत कक्षमा रहेका थुनुवाको मृत्यु भएपछि घटनाको छानबिनका लागि ५ सदस्यीय समिति गठन भएको छ। जिल्ला प्रशासन कार्यालय सुर्खेतले शुक्रबार घटनाबारे सत्यतथ्य जाँचका लागि ५ सदस्यीय समिति गठन गरेको हो।

जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत हितप्रसाद पौडेलको संयोजकत्वमा गठन भएको छानबिन समितिमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ का वडाध्यक्ष खिमलाल देवकोटा, मानव अधिकार सञ्जाल कर्णालीका संयोजक पिताम्बर ढकाल, राष्ट्रिय दलित पत्रकार संघ कर्णाली प्रदेश सचिव मालती बिश्वकर्मा र मृतकका परिवारको तर्फबाट गीता सुनार छन्।

५ सदस्यीय छानबिन समितिले छानबिन गरेर प्रतिवेदन जिल्ला प्रशासन कार्यालयमा पेश गर्नुपर्ने प्रशासनले जनाएको छ।

के हो, घटना?
शुक्रबार बिहान बिहान ५ः५८ बजेको समयमा जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका वीरेन्द्रनगर नगरपालिका–११ निवासी २६ वर्षीय गंगे विक सुतेकै विस्तारामा बेहोस भेटिएका थिए। गंगे विक लागुऔषध मुद्दामा थुनुवा बसेका थिए।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बेहोस अवस्थामा फेला परेका उनलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा लगिएको थियो। त्यहाँ उपचार गराउँदा चिकित्सकले चेकजाँचपछि अस्पतालले मृत घोषणा गरेको थियो।

त्यसपछि हिरासत कक्षमै थुनुवाको मृत्यु भएपछि आफन्तहरुले सुर्खेत प्रहरी कार्यालय अगाडि प्रदर्शन दिनभर प्रदर्शन गरेका थिए। प्रदर्शन पछि मृतकका आफन्तसँग छलफल तथा मागअनुसार निष्पक्ष रूपमा छानबिन समिति बनाएको छ।

यस्तै, मृतक विक ७८ दिनदेखि प्रहरीको हिरासत कक्षमा थिए भने शुक्रबार उनको मुद्दाको पेसी तोकिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad