कर्णाली


जंगली च्याउ खाँदा सुर्खेतमा एकै परिवारका ५ जना बिरामी

जंगली च्याउ खाँदा सुर्खेतमा एकै परिवारका ५  जना बिरामी

दिनेश बुढा
असार १४, २०८२ शनिबार १९:३०, सुर्खेत

सुर्खेतको गुर्भाकोट नगरपालिकामा जंगली  च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी परेका छन्।

गुर्भाकोट नगरपालिका–१०, डाँफेका उनीहरुले शनिबार बिहान जङ्गलबाट ल्याएको च्याउ खाएपछि स्वास्थ्यमा समस्या देखिएको हो।

गुर्भाकोट नगरपालिका–१० का वडाध्यक्ष थामबहादुर खत्रीले पीडित परिवारले शुक्रबार बिहान करिब ९ः३० बजे घर नजिकैको जङ्गलबाट ल्याएको नाम नखुलेको च्याउ पकाएर खाएपछि बिरामी परेको जानकारी दिए। 

उनकाअनुसार च्याउ खाएको केही समयपछि उनीहरुमा बान्ता हुने, पेट दुख्ने जस्ता लक्षण देखिएको थियो। यस्तै, जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बिरामी पर्नेमा ५४ वर्षीया भिमसरा खत्री, २८ वर्षीया शुसिला श्रीष, २७ वर्षीया जानकी पौडेल, २८ वर्षीया तारा खत्री र १३ वर्षीया शिरिष खत्री रहेका छन्। 

स्वास्थ्य अवस्था बिग्रिएपछि उनीहरुलाई शनिबार साँझ ५ बजेको समयमा गुर्भाकोटमै रहेको मेहलकुना अस्पतालमा उपचारका लागि राखिएको छ। अस्पतालका अनुसार, १३ वर्षीया शिरिष खत्रीको अवस्था सामान्य रहेको छ भने अन्य चार जनाको अवस्था मध्यम छ। 

सबैजना होशमा छन् र बोल्न सक्ने अवस्थामा रहेका छन्। यस्तै, च्याउ विषालु भएको आशंकामा थप परीक्षणका लागि नमुना संकलन गरिएको प्रहरीले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad