कर्णाली


प्रतिपक्ष दलका सांसद उपस्थिति नभएपछि कर्णाली प्रदेश सभा बैठक स्थगित

प्रतिपक्ष दलका सांसद उपस्थिति नभएपछि कर्णाली प्रदेश सभा बैठक स्थगित

नेपालखबर
असार ५, २०८२ बिहिबार १८:४६, सुर्खेत

प्रतिपक्ष दलका सांसदहरु संसदमा उपस्थिति नभएपछि कर्णाली प्रदेश सभा बैठक स्थगित भएको छ। बिहीबार दिउँसो चार बजे बसेको कर्णाली प्रदेश सभा बैठकमा प्रतिपक्ष सदनमा नगएपछि आधा घण्टाका लागि बैठक स्थगित भएको हो। 

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, समाजवादी तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद कर्णाली प्रदेश सभाको बैठकमा उपस्थित नभएका हुन्। 

बैठकको सुरुमा सभामुख नन्दा गुरुङले प्रतिपक्षीको अनुपस्थितिबिना कारबाही अगाडि बढाउन खोजेकी थिइन् ।

त्यसलगत्तै, पूर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रतिपक्षको उपस्थितिबिना संसद् चलाउन नहुने बताए। नेता शाहीले विपक्षीबिनाको सभा सञ्चालन गर्न उपयुक्त परम्परा नरहेको भन्दै सभा रोक्न अनुरोध गरेपछि सभामु्ख गुरुङले बैठक स्थगित गरेकी हुन्।

बैठक आधा घण्टाका लागि बैठक स्थगित भएको छ। 

प्रतिपक्ष दल माओवादीले कर्णाली सरकारले आगामी आर्थिक वर्षका लागि बनाएको योजना छनौट सम्बन्धि कार्यविधी–२०८१ माथि प्रश्न उठाउँदै आएको छ। 

असार १ गते बजेट प्रस्तुत हनुअघिदेखि नै उक्त कार्यविधी अनुसार प्रदेश योजना आयोगको कर्णाली प्रदेशको ‘योजना बैङ्क’ लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad