कर्णाली


भेरी नदीमा पौडी खेल्ने क्रममा दुई बालबालिका बेपत्ता, एकजनाको उद्धार

भेरी नदीमा पौडी खेल्ने क्रममा दुई बालबालिका बेपत्ता, एकजनाको उद्धार

नेपालखबर
जेठ २३, २०८२ शुक्रबार १६:४०, सुर्खेत

भेरी नदीमा पौडी खेल्ने क्रममा बगेर दुई बालबालिका बेपत्ता भएका छन्। जाजरकोटको नलगाड नगरपालिका–८ मनमै नजिक भेरी नदीमा पौडी खेल्ने क्रममा बालबालिका बेपत्ता भएका हुन्। 

जिल्ला प्रहरी कार्यालय जाजरकोटले शुक्रबार दिउँसो करिब २ बजेको समयमा उक्त घटना भएको जनाएको छ। 

प्रहरीका अनुसार जाजरकोटको नलगाड नगरपालिका–८ मनमै र रुकुमपश्चिमको आठबिसकोट नगरपालिका जोड्ने भेरी पुल नजिकै जाजरकोटका तीन बालबालिका पौडी खेल्न गएका थिए। 

बेपत्ता हुनेमा जाजरकोटको नलगाड नगरपालिका–८ मनमैका १० वर्षीय बालक महेश कुसारी र १२ वर्षीया बालिका आशा कुसारी रहेको प्रहरीले जनाएको छ। 

उनीहरूसँगै पौडी खेल्न सोही ठाउँकी बालिका भगवती नेपाली गएकी थिइन्। उनी नदीमा पौडी खेल्दा बगेको अवस्थामा उद्धार गरेर आठबीसकोट नगरपालिकामा रहेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। 

बेपत्ता बालबालिकाको खोजीमा स्थानीय नागरिक तथा सुरक्षाकर्मीहरू खटिएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad