कर्णाली


कर्णाली सरकारद्वारा स्थानीय सेवा सम्बन्धी विधेयक प्रदेश सभामा पेस गर्न स्वीकृत

कर्णाली सरकारद्वारा स्थानीय सेवा सम्बन्धी विधेयक प्रदेश सभामा पेस गर्न स्वीकृत

नेपालखबर
बैशाख २६, २०८२ शुक्रबार १६:५९, सुर्खेत

शुक्रबार दिउँसो ३ बजे बसेको कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले विभिन्न तीनवटा निर्णय गरेको छ।

बैठकले २०८१ चैत ११ को पत्र बमोजिम कर्णाली प्रदेश सभामा दर्ता भएको  ‘स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ लाई संशोधन गर्न बनेको विधेयक’ फिर्ता लिने र ‘स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ लाई संशोधन गर्न बनेको विधेयक’ कर्णाली प्रदेश सभामा पेस गर्न स्वीकृत प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता विनोदकुमार शाहले जानकारी दिए।

उनका अनुसार  ‘कर्णाली प्रदेश ससर्त अनुदान सम्बन्धी कार्यविधि, २०८२’ स्वीकृत गर्ने र ‘कर्णाली प्रदेश जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ प्रशासन तथा विधेयक समितिबाट प्राप्त परिमार्जन सहितको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय बैठकले गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad