चैत ५ गते देशैभर त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन भएको छ। विश्वविद्यालयका कर्णालीमा दुई वटा आंगिक र मान्यताप्राप्त गरि ३३ वटा छन्।
तीमध्ये निर्वाचन भएका २६ वटै क्याम्पसको नतिजा सार्वजनिक भएको छ। नतिजा अनुसार कर्णालीमा नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय विद्यार्थी संगठन (क्रान्तिकारी) पहिलो, दोस्रो नेकपा एमाले निकट विद्यार्थी संगठन र नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संगठन तेस्रो बनेको छ।
क्रान्तिकारीले चुनाव भएका २६ मध्ये १२ वटा क्याम्पसको नेतृत्व हात पारेको छ। मंगलबार (चैत ५) गते भएको चुनावमा माओवादी निकट अखिल क्रान्तिकारीले १२, नेकपा एमाले निकट अनेरास्ववियूले ८ र नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले ६ वटा क्याम्पसमा जित हासिल गरेको छ। बाँकी सातवटा क्याम्पसमा भने निर्वाचन हुन सेकन।
यसअघि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा केन्द्रीय कार्यालय रहेको मध्यपश्चिम विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयका कर्णालीमा रहेका एक विश्वविद्यालय सहित ४१ क्याम्पस मध्ये ३५ मा निर्वाचन भएको थियो। त्यतिबेला सबै भन्दा बढी १६ क्याम्पसमा क्रान्तिकारीले जित निकालेको थियो।
यस्तै, नेविसंघले १२, अनेरास्ववियु ६ र एक जना स्वतन्त्रबाट निर्वाचित भएका थिए। तर, यस पटक भएको स्ववियु निर्वाचनमा अनेरास्ववियुले आफ्नो सिट बढाएको छ भने क्रान्तिकारी र नेविसंघको सिट घटेको निर्वाचन नतिजाले देखाएको छ।
अनेरास्ववियु कर्णाली अध्यक्ष राजेश वलीले विगतको स्ववियु निर्वाचन नतिजा पछिल्लो समय सुधार हुँदै गएको दाबी गरे। उनले भने, ‘केही क्याम्पसहरूमा नेविसंघसँग तालमेल गरेर चुनाव गरेका थियौँ भने केही क्याम्पसमा एक्ला–एक्लै चुनाव लडेका थियौँ। २०७९ चैतमा भएको स्ववियु निर्वाचनभन्दा यस पटक सिट बढाएका छौँ।’
यसअघिको स्ववियु निर्वाचनमा कर्णालीका ३५ क्याम्पसमा निर्वाचन हुँदा अनेरास्ववियुले ६ सिट जितेको थियो भने यस पटक २६ क्याम्पसमा निर्वाचन हुँदा ८ वटा क्याम्पसमा जित निकालेको बताउँदै अध्यक्ष वलिले चुनाव हुन बाँकी रहेका अन्य क्याम्पसमा अनेरास्ववियुले जित निकाल्ने दाबी गरे।
यस्तै, अखिल क्रान्तिकारी कर्णाली प्रदेश उपाध्यक्ष हिक्मत शाहीले विगतदेखि नै कर्णालीमा नेकपा मओवादी केन्द्र निकट विद्यार्थी संगठनको दबदबा कायमै रहेको बताए। उनले यसअघिको स्ववियु निर्वाचनमा कर्णालीमा पहिलो भएको र यसपटक पनि पहिलो भएको बताए। उनले भने, ‘अखिल क्रान्तिकारी विद्यार्थीहरूको प्यारो संगठन हो। कर्णालीमा हाम्रो संगठनको बर्चश्व कायम नै छ र कायम नै रहन्छ।’
सात क्याम्पसमा चुनाव स्थगित
कर्णालीमा त्रिभुवन विश्वविद्यालयका दुईवटा सुर्खेत बहुमुखी क्याम्पस सुर्खेत र जुम्ला बहुमुखी क्याम्पस जुम्ला छन्। भने बाँकी ३१ वटा क्याम्पस त्रिविबाट सम्बन्धन प्राप्त क्याम्पसहरू हुन्।
कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका विद्यार्थीहरू समेत अध्ययन गर्ने त्रिविको आंगिक क्याम्पस सुर्खेत बहुमुखी क्याम्पसमा निर्वाचन स्थगित भएको छ। गत फागुन २७ गते उम्मेदवारी दर्ता गर्ने क्रममा उत्पन्न विवाद समाधान नभएको भन्दै निर्वाचन समितिले निर्वाचन स्थगित गरेको थियो।
यस्तै, नन्दादेवी बहुमुखी क्याम्पस नरहरीनाथ गाउँपालिका कालिकोट, दैलेखको चामुण्डा क्याम्पस चामुण्डाबिन्द्रासैनी, आठबिस शिक्षा क्याम्पस तिलेपाटा, द्रोणाचल बहुमुखी क्याम्पस दुल्लु, रुकुम पश्चिमका जहारी क्याम्पस, खोलागाउँ र रुकुमेली क्याम्पस, खलङ्गामा निर्वाचन हुन बाँकी रहेको छ।
माओवादी निकट अखिल (क्रान्तिकारी)ले जितेका क्याम्पस
१) शीतल क्याम्पस चौरजहारी रुकुम पश्चिम-प्रकाश डाँगी
२) राडिज्युला शिक्षा क्याम्पस रुकुम पश्चिम-सुप्रिम ओली
३) सानोभेरी शिक्षा क्याम्पस रुकुम -बिरभान भण्डारी
४) सिम्रुतु शिक्षा क्याम्पस रुकुम-दिपेन्द्र ओली
५) सूर्योदय क्याम्पस श्रीनगर हुम्ला-रीमिलाल बुढा
६) बनगाड क्याम्पस सल्यान-जीवन बिष्ट
७) लिकु संयुक्त क्याम्पस डोल्पा-राजेन्द्र गिरी
८) सिंजा बहुमुखी क्याम्पस जुम्ला-सन्तोष आचार्य
९) स्यार्पु बहुमुखी क्याम्पस रुकुम पश्चिम-टेकराज विश्कर्मा
१०) जनकल्याण क्याम्पस सल्यान-गणेश ओली
११) जनचेतना बहुमुखी क्याम्पस कालिकोट-बसराज बोहरा
१२) फारुल्ला बहुमुखी क्याम्पस सल्यान-हिमा शर्मा
एमाले निकट (अनेरास्ववियु)ले जितेका क्याम्पस
१) सिम्ता बहुमुखी क्याम्पस सुर्खेत-रुद्र रावत
२) हिमशिखर क्याम्पस सुर्खेत-मिना रावत
३) शारदा क्याम्पस सल्यान-विश्व खड्का
४) अमरदीप क्याम्पस सुर्खेत-विशाल रावत
५) जुम्ला बहुमुखी क्याम्पस जुम्ला- लोकेन्द्र बुढा
६) सल्यान बहुमुखी क्याम्पस सल्यान-विशाल पुन मगर
७) हिमज्योति बहुमुखी क्याम्पस हुम्ला-जयराज सञ्ज्याल
८) डोल्पो क्याम्पस डोल्पा-गोकर्ण बुढाथोकी
कांग्रेस निकट (नेविसंघ)ले जितेका क्याम्पसहरू
१) गुर्भाकोट बहुमुखी क्याम्पस सुर्खेत-मोहन बिष्ट
२) नलगाड बहुमुखी क्याम्पस सल्यान-विशाल विक्रम चनारा
३) मानसरोवर बहुमुखी क्याम्पस हुम्ला-सागरकुमार शाही
४) कपुरकोट बहुमुखी क्याम्पस सल्यान-दीपेन्द्र बुढा मगर
५) शिवजन क्याम्पस सल्यान-संजय हमाल
६) चतुर्वेद हिरा सुरेन्द्र पूर्ण क्याम्पस मुगु-धनचन्द्र कार्की
चुनाव हुन नसकेका क्याम्पसहरू
१. सुर्खेत बहुमुखी क्याम्पस सुर्खेत
२. नन्दादेवी बहुमुखी क्याम्पस नरहरीनाथ गाउँपालिका कालिकोट
३.चामुण्डा क्याम्पस चामुण्डाबिन्द्रासैनी दैलेख
४. आठबिस शिक्षा क्याम्पस तिलेपाटा दैलेख
५. द्रोणाचल बहुमुखी क्याम्पस दुल्लु दैलेख
६. जहारी क्याम्पस, खोलागाउँ रुकुम पश्चिम
७. रुकुमेली क्याम्पस, खलङ्गा रुकुम पश्चिम
Shares

प्रतिक्रिया