कर्णाली


कर्णाली प्रदेशसभा बैठक माघ २५ गतेसम्म स्थगित

कर्णाली प्रदेशसभा बैठक माघ २५ गतेसम्म स्थगित

फाइल फोटो


नेपालखबर
माघ १५, २०८१ मंगलबार २१:२, सुर्खेत

कर्णाली प्रदेशसभाको बैठक माघ २५ गतेसम्मका लागि स्थगित भएको छ। प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले कर्णाली समृद्ध कार्यक्रम कार्यान्वयन नगरेको भन्दै बैठक अवरुद्ध गरेपछि स्थगन भएको हो।

कर्णाली प्रदेशसभा सचिवालयले मंगलबार ९माघ १५० गते सूचना जारी गर्दै बैठक माघ २५ गते सम्मका लागि स्थगित भएको जानकारी गराएको हो।

आइतबार बसेको कर्णाली प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र संसद अवरोध गरेपछि आधा घण्टाका लागि स्थगित भएको थियो। त्यसपछि सरकार र माओवादी केन्द्रबीच कुनै सहमति हुननसकेपछि आज मंगलबार दिउँसो ३ बजेका लागि स्थगित भएको थियो।

तर, आजको प्रदेशसभा बैठक पनि माओवादी केन्द्रका कारण बस्न नसकेपछि माघ २५ गते शुक्रबार दिउँसो ३ बजे बस्ने गरेर स्थगन भएको हो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad