ब्राजिली फुटबल स्टार नेयमारले साउदी प्रो लिगको क्लब अल हिलालसँग आपसी सहमतिमा अनुबन्ध तोडेका छन्।
उनी आफ्नो पुरानो क्लब सान्तोस फर्किने बताइएको छ। जहाँबाट उनी २०१३ मा बार्सिलोना गएका थिए।
बार्सिलोनाबाट कीर्तिमानी रकममा फ्रान्सको पीएसजी गएका उनी त्यहाँबाट २०२३ मा ९ करोड ५० लाख डलरमा साउदी गएका थिए।
साउदीमा बिताएको १८ महिनामा उनले मात्र ७ खेल खेले। किनकि उनी गम्भीर रुपमा घाइते भएका थिए।
अल हिलालसँग उनले वार्षिक १० करोड ४० लाख डलर तलब पाउने सम्झौता गरेका थिए। तर, अहिले सम्झौता भंग गर्न उनले ६ करोड ४० लाख डलरमा दाबी छाडेको बताइएको छ।
उनले साउदी छाड्ने चर्चासँगै मायामीमा रहेका मेस्सी र स्वारेजसँग पुनर्मिलन हुने र ‘एमएसएन’ ब्युँतिन सक्ने अनुमान पनि गरिएको थियो।
एमएलएसकै अर्को क्लब सिकागो फायरले पनि उनलाई किन्न खोजेको थियो।
तर, उनले आफ्नो करिअर सुरु गरेकै क्लब सान्तोस रोजेका छन्। एजेन्सी
Shares

प्रतिक्रिया