कर्णाली


सार्केगाड गाउँपालिकाका पूर्वअध्यक्ष रोकायसहित ५ जना भ्रष्टाचारी ठहर

सार्केगाड गाउँपालिकाका पूर्वअध्यक्ष रोकायसहित ५ जना भ्रष्टाचारी ठहर

नेपालखबर
पुस १६, २०८१ मंगलबार १९:५५, हुम्ला

हुम्लाको सार्केगाड गाउँपालिकाका अध्यक्ष कृष्ण रोकायसमेत ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।

मंगलबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र रामबहादुर थापाको इजलासले ५ जनालाई दोषी ठहर गर्दै बाँकी ४ जनालाई भने सफाइ दिएको छ।

गाउँपालिका उपाध्यक्ष जोशी धामी, लेखापाल पूर्णप्रसाद आचार्य, इन्जिनियर रामराज शाही र सबओभरसियर पदमबहादुर धामीले सफाइ पाएका छन्।

अध्यक्ष रोकाय कोइलिङ कृषि तथा पशुपालन फर्मका सञ्चालकसमेत हुन्। उनलाई र प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाहीलाई २ वर्ष कैद र ९ लाख ७५ हजार रुपैयाँ जरिवाना हुने सजाय सुनाइएको छ। 

हंश रोकाय, सेतु रोकाय र तुलाराज रोकायले मतियारको काम गरेको भन्दै मुख्य प्रतिवादीभन्दा आधा सजाय सुनाइएको छ। उनीहरूलाई जनही १ वर्ष कैद र ४ लाख ८७ हजार रुपैयाँ जरिवाना तोकिएको छ।

गाउँपालिका अध्यक्ष रोकाय आफू निर्णयकर्ताका रूपमा सार्वजनिक पदमा रहँदा २०७६ देखि ०७८ को बीचमा आफ्नै निजी जग्गामा रहेको आफैँले सञ्चालन गरेको कृषि फर्मको घेरबार निर्माणका लागि बजेट छुट्याएको अभियोगमा दोषी किटान भएका हुन्।

उनले बजेट दुरूपयोग गर्न आफ्नै परिवारका सदस्यहरूलाई उपभोक्ता समितिमा राखेको पाइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad