कर्णाली


चालक र सहचालक भएको डोजर कर्णाली नदीमा पल्टिँदा एकजना बेपत्ता

चालक र सहचालक भएको डोजर कर्णाली नदीमा पल्टिँदा एकजना बेपत्ता

फाइल तस्बिर


नेपालखबर
पुस १३, २०८१ शनिबार ६:५८, मान्म (कालीकोट)

कर्णाली नदीमा डोजर पल्टिँदा एक जना बेपत्ता भएका छन्।

कालीकोटको पचालझरना–८ चाटेबगरबाट वडा नं ४ को जारकोटस्थित कर्णाली नदी पार गर्ने क्रममा शुक्रबार बेलुका डोजर पल्टिँदा डोजरसहित सहचालक नदीमा बेपत्ता भएका हुन्।

पचालझरना गाँउपालिका–८ चाटेबगरदेखि पचालझरना–४ जारकोट जाने क्रममा कर्णाली नदीमा डोजर पल्टिएपछि हो।

डोजरसहित एक जना बेपत्ता भएको र डोजर चालक नदीमा तैरिरहेको अवस्थामा प्रहरी र स्थानीयले उद्धार गरेको पचालझरना गाउँपालिका उपाध्यक्ष अल्किना बमले जानकारी दिइन्। 

कालीकोट खाँडाचक नगरपालिका–८ का डोजर चालकको सकुशल उद्धार गरिएको र एक जना बेपत्ता भएको खबर आएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी गोविन्द चौधरीले बताए।

उनले भने, “चालकको सकुशल उद्धार गरिएको छ। सहचालक र डोजर अहिलेसम्म फेला पर्न सकेको छैनन्।”

बेपत्ता सहचालकको नाम र ठेगाना खुल्न नसकेको प्रहरीले खोजी जारी राखेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad