पश्चिमी वायु तथा पश्चिमी न्यून चापीय प्रणालीका कारण काठमाडौँ उपत्यकाको मौसम पनि बिहानैदेखि बदली (आकाशमा बादल) भएको छ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज काठमाडौँ उपत्यकामा पनि हल्का वर्षा हुने सम्भावना छ।
‘बिहान १० बजेपछि पनि वर्षा हुनसक्छ भने दिउँसो १२ बजेपछि चाहिँ पानी पर्ने सम्भावना बढी छ’, उनले नेपालखबरसँग भनिन्, ‘त्यस्तो ठूलो वर्षा हुने होइन, छिटपुट र हल्का खालको वर्षा हुने हो।’
मौसमविद् मानन्धरका अनुसार दिनभर नै मौसम बदली हुने भएकाले काठमाडौँमा आज घाम लाग्ने सम्भावना निकै कम छ।
आज शनिबार कुन कुन प्रदेशमा छ वर्षा र हिमपातको सम्भावना, हेर्नुहोस् तलको तालिका

330
Shares

प्रतिक्रिया