कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले कर्णालीको असन्तुलित विकासले आन्तरिक तथा बाह्य बसाइसराइ नरोकिने बताएका छन्।
मंगलबार मध्यपश्चिम विश्वविद्यालयको आयोजनामा भएको बसाइसराइ र विकास विषयक छलफलमा मन्त्री शाहले कर्णालीको असमान विकासले बसाइसराइ नरोकिने बताएका हुन्।
संघीयता कर्णालीका लागि अवसर भएको बताउँदै उनले यसको मर्म अनुसार कर्णालीमा सन्तुलित विकास भए यहाँको अवस्था सुध्रने दाबी गरे।
मन्त्री शाहले भने, ‘जबसम्म संघले कर्णालीलाई हेर्ने नजर परिवर्तन गर्दैन, यहाँका दुई ठूला परियोजना भेरी र कर्णाली कोरिडोरलाई दुई लेनको बनाइदैन तबसम्म हामीले बसाइसराइको समस्या हल गर्न सक्दैनौँ।’
कर्णाली कृषि क्षेत्रमा अथाह सम्भावना बोकेको क्षेत्र रहेको उल्लेख गर्दै मन्त्री शाहले यसलाई विकासका हरेक क्षेत्रमा जोड्न जरुरी रहेको बताए।
Shares

प्रतिक्रिया