हङकङ भन्सारले समायो मलेसिया हुँदै चीन लैजान लागिएका तस्करीका सामान

कन्टेरनरभित्र थिए मोबाइल र कम्युटरका सर्किट बोर्ड
हङकङ भन्सारले समायो मलेसिया हुँदै चीन लैजान लागिएका तस्करीका सामान

नेपालखबर
पुस ९, २०८१ मंगलबार १८:४३, हङकङ

हङकङ भन्सारले क्वाइचुङ बन्दरगाहमा ७ करोड हङकङ डलर बराबरको कर छलीका सामान बोकेको जहाजलाई समातेको छ।

भन्सारले मंगलबार जानकारी गराएअनुसार डिसेम्बर ९ मा क्वाइचुङ कन्टेनर टर्मिनलमा समुद्री जहाजमा तस्करी गरिएका सामान बरामद गरिएको हो।

उक्त जहाजले अनुमानित ७ करोड हङकङ डलर बराबर बजार मूल्यका सर्किट बोर्ड मलेसिया पठाउने तयारी गरिरहेको थियो। भन्सारले गुप्तचर सूचनाका आधारमा तस्करी गर्न लागिएको जहाजसम्म पुगेको थियो।

घटनाको दिन, भन्सार अधिकारीहरूले मिश्रित धातु बोक्ने भनिएको जहाजको निरीक्षण गरे। एक्स-रे परीक्षणको क्रममा दुई कन्टेनरभित्र ९ लाख भन्दा बढी खुलस्त प्रिन्ट नभएका सर्किट बोर्ड फेला परे।

भन्सारको प्रारम्भिक अनुमानअनुसार जफत गरिएका सर्किट बोर्डहरू विशेषगरी ट्याब्लेट कम्प्युटर र स्मार्टफोनमा प्रयोग गरिन्छ।

मुख्यभूमिमा यी इलेक्ट्रोनिक उत्पादनको उच्च मागलाई ध्यानमा राख्दै तस्करहरूले पहिले यी सामान मलेसिया ढुवानी गर्ने र पछि विभिन्न मार्गमार्फत मुख्यभूमि ल्याउने योजना रहेको आशंका भन्सारको छ।

तस्करहरूले यी सामानको सफल तस्करी गरेको भए ७० लाख हङकङ डलर कर छली हुने भन्सार बताउँछ।

तस्करले यी सामानलाई कम मूल्यका धातु भनेर झुटो विवरण पेस गर्दै उम्कन खोजेका थिए। भन्सारले यस मुद्दाको विस्तृत अनुसन्धान भइरहेको र थप व्यक्ति पक्राउ पर्ने सम्भावना रहेको बतायो। (द स्ट्यान्डर्ड)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .