हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी देवकी तिमल्सिना निर्वाचित भएकी छन्।
यसअघि २०७९ को निर्वाचनमा पनि माओवादीले नै जितेको यो पद यस उपनिर्वाचनमा पनि सुरक्षित गरेको हो।
माओवादीकी तिमिल्सिनाले निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सविता बुढालाई पराजति गरेकी हुन्। एमालेकी जाना शाही तेस्रो स्थानमा छिन्।
यहाँ कुल ४ हजार ५२४ खसेकामा माओवादीकी तिमल्सिनाले १ हजार ६३७ मत पाएकी छन्। निकटतम प्रतिद्वन्द्वी बुढाका पक्षमा १ हजार ५९४ मत परेको छ। एमालेकी जाना शाहीले १ हजार १३२ पाइन्।
२०७९ को स्थानीय तह निर्वाचनमा चन्द्रसिंह कार्की माओवादी केन्द्रबाट निर्वाचित भएको यस पदमा एमालेकी जुनकुमारी फडेरा पराजित भएकी थिइन्। कार्कीले ३ हजार २६९ मत ल्याएका थिए। उनको केही समयअघि सडक दुर्घटनामा मृत्यु भएपछि उपनिर्वाचन भएको हो।
Shares

प्रतिक्रिया