कर्णाली


एमालेको सिट खोस्दै डोल्पाको त्रिपुरासुन्दरी-५ मा माओवादी विजयी

एमालेको सिट खोस्दै डोल्पाको त्रिपुरासुन्दरी-५ मा माओवादी विजयी

विजयी नरबहादुर झाँक्री


नेपालखबर
मंसिर १७, २०८१ सोमबार १०:२४, सुर्खेत

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका नरबहादुर झाँक्री विजयी भएका छन्।

उनले १६१ मत प्राप्त गर्दै वडाध्यक्षमा निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका नरबहादुर रोकाले ११६ मत प्राप्त गरेका छन्।

यस्तै, नेपाली कांग्रेसका राजेन्द्रप्रसाद न्यौपानेले २१ मत प्राप्त गरेका छन्।

२०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित नन्दलाल रोकाको दमका कारण गत माघमा निधन भएपछि पद रिक्त थियो।

त्यतिबेला नेकपा एमालेबाट निर्वाचित भएका रोकाले १ सय ८ मत प्राप्त गरी माओवादीका जंगबहादुर रोकायलाई पराजित गरेका थिए।

आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनमा माओवादीले एमालेसँग बदला लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad