कर्णाली


कालिकोट तिलागुफा–४ को वडाध्यक्षमा ६ जनाको उम्मेदवारी

कालिकोट तिलागुफा–४ को वडाध्यक्षमा ६ जनाको उम्मेदवारी

नेपालखबर
मंसिर २, २०८१ आइतबार १६:३७, सुर्खेत

कालिकोट तिलागुफा नगरपालिका–४, को वडाध्यक्षमा ६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। आगामी १६ मंसिरमा हुन लागेको स्थानीय तहको उपनिर्वाचनमा वडाध्यक्षका लागि ६ जना उम्मेदवारको उम्मेदवारी परेको हो।

जिल्ला निर्वाचन कार्यालय कालिकोटका सूचना अधिकारी लक्ष्मणबहादुर शाहीका अनुसार नेकपा एमालेबाट ऐनबहादुर शाही, नेपाल मजदुर किसान पार्टीबाट खड्कबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गगन बम, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोगनबहादुर शाही, माओवादी केन्द्रबाट नैसोभा शाही र नेपाली कांग्रेसबाट पैरबहादुर शाहीको उम्मेदवारी दर्ता भएको छ।

कालीकोटको तिलागुफा नगरपालिका–४ का वडाध्यक्ष परबहादुर शाही २४ असोज २०७९ मा मलामी गएको अवस्थामा राचुलीस्थित तिला कर्णालीमाथिबाट आएको पहिरोमा परी बेपत्ता भएका थिए। उनको अवस्था अझै पनि अज्ञात छ। उनी माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।

शाहीले नेपाल मजदुर किसान पार्टीका दिपबहादुर शाहीलाई ३ सय ६१ मतले हराएका थिए। नेकपा एमालेकी धनसरा शाहीले ४ मत मात्रै प्राप्त गरेकी थिइन्। स्थानीय तह २०७९ को मत परिणाम हेर्दा यस वडामा नेकपा माओवादी केन्द्र बलियो देखिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad