सल्यानमा पराल बोकेको मिनी ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। सोमबार बेलुका अन्दाजी ४ः४५ बजेको समयमा रा १ ख २४०२ नम्बरको मिनी ट्रक दुर्घटनमा परेको हो।
कपुरकोट गाउँपालिका ६ सिनबाङ्गको दुबेदेबाट छाप्नेटातर्फ जाँदै गरेको मिनी ट्रक सडक १ सय ५० मिटर तल खसेको छ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार मिनी ट्रक दुर्घटनामा घाइते १३ वर्षीया सिर्जना बस्नेतको मृत्यु भएको छ।
प्रहरीका अनुसार मिनी ट्रकमा चालक सहित १२ जना सवार थिए।
घाइतेहरूलाई उपचारका लागि सल्यान जिल्ला अस्पतालतर्फ पठाइएको र केही घाइतेहरुको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी केशरकुमार न्यौपानेले जानकारी दिए।
यस्तै, घाइतेहरु बाटोमै भएका कारण थप मृत्यु भए नभएको खबर प्रहरीकहाँ आइ नपुगेको डीएसपी न्यौपानेको भनाइ छ।
Shares

प्रतिक्रिया