पोखरामा सलाइको काँटीले पटका बनाउन खोज्दा एक किशोर घाइते भएका छन्।
सोमबार दिउँसो करिब साढे ३ बजेको समयमा पोखरा महानगरपालिका वडा नम्रब २१ फुर्सेखोला रोइकरेमा सलाइको काँटीले पटका बनाउन खोज्दा अचानक पड्कदा १७ वर्षीय असिम परियार घाइते हुन पुगेका हुन्।
तत्काल उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा लगे पनि थप उपचारका लागि काठमाडौंस्थित कीर्तिपुर अस्पताल लगेको प्रहरीले बताएको छ।
प्रहरीका अनुसार असिमले २० बट्टा सलाइको काँटी जम्मा गरी आल्मुनियमको पातामा राखेका थिए। सोही आल्मुनियमको पाता पड्कँदा उनी घाइते हुन पुगेका हुन्।
उनको अवस्था सामान्य भए पनि थप उपचारका लागि काठमाडौं पठाएको प्रहरीले जनाएको छ।
75
Shares

प्रतिक्रिया