ad ad

कर्णाली


कर्णाली सरकारले द्वन्द्वपीडितलाई सीपमूलक तालिम दिने

कर्णाली सरकारले द्वन्द्वपीडितलाई सीपमूलक तालिम दिने

नेपालखबर
भदौ १४, २०८१ शुक्रबार १९:२९, सुर्खेत

सशस्त्र द्वन्द्वपीडित परिवारका व्यक्तिहरूलाई सीपमूलक तालिमको व्यवस्था गरिने भएको छ।

कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले द्वन्द्वपीडित परिवारका व्यक्तिहरूलाई  तालिम प्रदान गरिने बताएका हुन्।

बलपूर्वक बेपता पारिएका पीडितहरुको १४औं अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित ‘संक्रमणकालीन न्याय सम्बन्धी संशोधित विधेयकको कार्यान्वयन पक्ष र भावी कार्यदिशा’ विषयक अन्तर संवाद कार्यक्रममा मन्त्री भण्डारीले द्वन्द्वपीडित परिवारका सदस्यहरूले आफ्नो आवश्यकता बमोजिमको तालिम माग गरेको अवस्थामा व्यावसायिक सीपयुक्त तालिमका लागि सुविधा दिइने बताए।

मन्त्री भण्डारीले विगतका पीडालाई बिर्सेर अहिले न्यायिक भूमिकामा रहन सबैलाई आग्रह गरे।

यस्तै, कर्णाली प्रदेश मामिला समितिका सभापति एवम् प्रदेश सभा सदस्य कल्याणी खड्काले द्वन्द्वपीडितको मुद्दा ओझेलमा पार्न नहुने बताइन्। उनले द्वन्द्व प्रभावित व्यक्ति र उनीहरूका परिवार अझै पीडा भएको धारणा राखिन्।

राज्यका निकायले केही सकारात्मक कार्यहरू गरेपनि अझै चित्त बुझाउन नसकिने उनको भनाई थियो। द्वन्द्वपीडितको विषय संसद्मा उठाउने र आवश्यक नीति ल्याउन पहल गरिने सभापति खड्काले प्रतिवद्धता जनाइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .