कर्णाली


भूकम्पपीडित बसेको अस्थायी टहरामा पहिरो खस्यो, ४ जना घाइते

भूकम्पपीडित बसेको अस्थायी टहरामा पहिरो खस्यो, ४ जना घाइते

घाइतेको उद्धार गरिँदै


नेपालखबर
साउन २, २०८१ बुधबार १३:५२, सुर्खेत

जाजरकोटमा भूकम्पपीडित बसेको अस्थायी टहरामाथि पहिरो खस्दा चार जना घाइते भएका छन्।

जाजरकोटको कुशे गाउँपालिका–८ दल्लेनाका दलसरी थापा र विष्णु थापाको अस्थायी टहरामा माथिबाट पहिरो खस्दा चार जना घाइते भएका हुन्।

गएराति पहिरो खसेको जाजरकोट प्रहरीले जनाएको छ।

जाजरकोटका प्रहरी प्रमुख, डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेले गएराति करिब ८ बजे पहिरो खसेको जानकारी दिए।

उनका अनुसार उक्त घटनामा २९ वर्षीय कमला थापा, ३५ वर्षीय दलसरी थापा, उनकी ४ वर्षीय छोरी हस्तिका र १७ वर्षीय छोरी निरमाया घाइते भएका छन्।

प्रहरीका अनुसार हस्तिकालाई पहिरोमा पुरिएर बेहोस अवस्थामा बाहिर निकालिएको थियो।

पालिकाको पहलमा घाइतेहरूलाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि गम्भीर घाइतेलाई थप उपचारका लागि हेलिकप्टर मगाएर प्रदेश अस्पताल कालागाउँ सुर्खेत पठाइएको कुशे गाउँपालिकाका अध्ययक्ष हरिचन्द्र बस्नेतले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad