ad ad

कर्णाली


कांग्रेसको विरोधपछि कर्णाली प्रदेशसभा बैठक अवरुद्ध

कांग्रेसको विरोधपछि कर्णाली प्रदेशसभा बैठक अवरुद्ध

नेपालखबर
जेठ १३, २०८१ आइतबार १९:२२, सुर्खेत

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कर्णाली प्रदेशसभा बैठकमा अवरोध गरेको छ।

आइतबार बसेको बजेट अधिवेशनको तेस्रो बैठक कांग्रेसले रातो किताबमा उल्लेखित भई सभाबाट पारित भएका १५ लाख मुनिका योजनाहरू अहिले कार्यान्वयन गर्नुपर्ने भन्दै अवरुद्ध गरेको हो।

०८० असारमा तत्कालीन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग १५ लाख मुनिका योजनाहरू कार्यान्वयन नगर्ने भनेर सम्झौता भएको थियो। तर, अहिले एमालेले सरकारको नेतृत्व गरिरहँदा संसद्बाट पारित भएका ५७४ वटा योजनाहरू अलपत्र परेका छन्।

कांग्रेस सांसद सुरेश अधिकारीले यसअघि मन्त्रिपरिषद्ले १० लाखका योजनालाई १५ लाख पुर्याइ कार्यान्वयन गर्ने र सडक र भवनतर्फका ३० लाख पुर्याई कार्यान्वयन गर्ने भनिएका योजना तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने माग राखे।

मुख्यमन्त्री यामलाल कँडेल भने उक्त योजना कार्यान्वयन नगर्ने पक्षमा छन्।

\यस्तै, नेपाली कांग्रेसका प्रमुख सचेतक हिक्मत विष्टले १५ लाख मुनीका आयोजनाहरू कार्यान्वयनमा ल्यानुपर्ने माग राखे।

त्यसपछि नेपाली कांग्रेसका सांसदहरूले उभिएरै विरोध जनाएका थिए।

सभामुख नन्दा गुरुङले सभा सञ्चालनमा सहयोग गर्न भनेर पटक–पटक आग्रह गर्दा पनि कांग्रेसले सभा अवरुद्ध गरेपछि बैठक आधा घण्टाका लागि स्थगित गरिन्।

आधा घण्टाका लागि स्थगित भएको बैठक पुनःसुरु हुन सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .